शहिदलखन, गाेरखा । शहिदलखन गाउँपालिका नाम्जुङ्ग निवासी ८९ वर्षको पुरुष र ९० वर्षको महिला र वडा नम्बर ६ खगी का ४५ वर्षिय पूरुषमा पोजेटिभ देखिएकाे छ । पाेजेटिभ देखिएका नागरीकहरुकाे प्रत्यक्ष सम्पर्कमा रहेका र मैलुङमा काेविड लक्षणसँग मिल्ने लक्षण देखिएका गरी ११ जना महिला र ७ जना पुरुष जम्मा १८ जनाको कन्ट्रयाक्ट ट्रेसिङ गरी स्वाव सङ्कलन गरिएकाे छ ।
यस कार्यमा गाउँपालिकाका अध्यक्ष , वडाध्यक्ष ज्युहरु , स्वास्थ्यकर्मीहरुले सहयाेग पुर्याएका थिए । कस्काे स्वाव सङकलन गर्ने भन्ने विषयमा यसपालिकाकाे विपद व्यवस्थापन समितिकाे बैठकले स्वास्थ्यकर्मीलाइ जिम्मेवारी दिएकाे छ ।