गजलकार राजेन्द्र बैसाल को मन छुने गजल

शनिबार, बैशाख १८, २०७८
0
376

ढुङ्गाकै हो मेरो पनि घर बद्लिएको छैन
ईटा बद्लिएपछि पत्थर बद्लिएको छैन

एक तिमी हौ एक मौसम हो बद्लि रहने
तिमीलाई हेर्ने अझै नजर बद्लिएको छैन

बद्लिन नचाहेर होकी त खै किन होला
सधै आफु बनेर पो जहर बद्लिएको छैन

नदिको ढुङ्गा जस्तै हो मेरो जिन्दगी पनि
सयौं पटक खाएर ठक्कर बद्लिएको छैन

खुट्टा तान्नेले तान्ने भनेको जुत्ता मात्र हो
खाली खुट्टा भएनि सफर बद्लिएको छैन
राजेन्द्र बैसाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here