तिमि छ्यौ फुल जस्तै अप्सरा जस्तै
र त यो मन डुल्ने गर्छ भमरा जस्तै
परेवाको जोडी बनेर तिमी सँगसँगै
उड्ने मन छ आकाशमा चरा जस्तै
देश उठेको देख्न चाहन्छौं सरकार
सगरमाथा जस्तै त्यो धरहरा जस्तै
देश कसरी समुन्नत बन्छ र खै !
भ्रष्टाचार पनि भयो परम्परा जस्तै
हटाउने कति प्रयास गरें पींडाहरु
झन् झन् गडेकाछन् छातीमा जरा जस्तै ।
केशव गाहा पाल्पालि






