Home Breaking News गण्डकीमा १७ हजार ७२ जना काेराेना सङक्रमितहरु निकाे भएर घर फर्किए, मँगलबार...

गण्डकीमा १७ हजार ७२ जना काेराेना सङक्रमितहरु निकाे भएर घर फर्किए, मँगलबार एकैदिन ६३ जना काेराेना मुक्त

बुधबार, बैशाख २२, २०७८
0
265

पाेखरा । गण्डकी प्रदेशका विभिन्न जिल्लाका गरी कुल १७ हजार ७२ जना काेराेना सङक्रमितहरु निकाे भएर घर फर्किएका छन् । याे खबर तयार गर्दा सम्म केही सङक्रमितहरु डिस्चार्जकाे तयारीमा रहेका छन् ।

निकाे भएर घर फर्कनेहरुमा बागलुङका ११०७, म्याग्दीका २७४,  मुस्ताङका ३२, स्याङ्जाका ८४०, नवलपरासी पूर्वका २४२५, मनाङका २०, तनहुँका १४८५, लमजुङका ९०९,  गाेरखाका ८३७ रहेका छन् ।

हाल अस्पतालका आइसाेलेनमा १९२ र हाेम आइसाेलेसनमा २३५४ जनाले उपचार गराइरहेका छन् । मँगलबार ६३ जना निकाे भएर घर फर्किएका स्वास्थ्य निर्देशनालय पाेखराका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले बताए ।

NO COMMENTS