Home Breaking News गाेरखामा काेराेना सङक्रमितकाे सँख्या ३५०

गाेरखामा काेराेना सङक्रमितकाे सँख्या ३५०

आइतवार, बैशाख २६, २०७८
0
290

गोरखा २६, बैशाख । गोरखा जिल्लामा आज (आइतबार) एकैदिन कोरोना १ सयजना कोरोना संक्रमित थपिएका छन् । जिल्लाका ३ वटा स्थानीय तहमा ५५ जना संक्रमित थपिएको गोरखा आज नै गोरखा नगरपालिका क्षेत्र भित्रबाट स्वांब संकलन गरेर पठाइएका थप ४५ जनामा संक्रमणको पुष्टी भएको गोरखा नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले जानकारी दिए । नगरपालिका भित्र बसोबास गर्ने ४५ जनामा संक्रमण देखिएको नगरपालिका स्वास्थ्य शाखाले पुष्टी गरेको हो ।

नगर क्षेत्र भित्र कोरोना संक्रमितको संख्या बढ्न थालेको भन्दै केही दिनदेखि सबै वडामा स्वाब संकलन कार्यलाई तिब्रता दिदै आएको छ । आज संक्रमण देखिनेमा सरकारी कर्मचारी, प्रहरीको थुनुवा कक्षमा रहेका बन्दीदेखि नगरपालिकाका स्वास्थ्यका कर्मचारीहरुमा समेत रहेको नगरपालिका स्वास्थ्य शाखाका प्रमुख इश्वर रेग्मीले बताए ।

गोरखा नगरपालिका २, ३ र १४ मा १/१ जना, ५ र ७ मा २/२ जना, १० मा ३ जना र ११ मा ४ जनामा संक्रमण देखिएको हो । त्यस्तै गरी ६ मा ५ जना र ४ र १२ मा ६/६ जनामा संक्रमण देखिएको छ । आज संक्रमण देखिएकाहरुमा अजिरकोट र सिरानचोक गाउँपालिका घर भई सदरमुकाम बस्दै आएका १/१, पर्वत घर भई गोरखा सदरमुकाम बसेका १ महिला र भीमसेन थापा गाउँपालिका घर भई सदरमुकाम बसेका ३ जनामा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य शाखाले जनाएको छ ।

आजै पालुङटार नगरपालिका र भीमसेन थापा तथा शहिद लखन गाउँपालिका यस अघि ५५ जनामा कोरोना संक्रमण देखिएको थियो । यो सहित गोरखामा ३५० जना सक्रिय संक्रमित बिरामी रहेको स्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पर्सन नारायणबावु अर्यालले बताए ।

NO COMMENTS