Home Breaking News भोलिबाट केपी ओली नेतृत्वको सरकार जिम्मेवारीमुक्त हुन्छ : नारायणकाजी श्रेष्ठ

भोलिबाट केपी ओली नेतृत्वको सरकार जिम्मेवारीमुक्त हुन्छ : नारायणकाजी श्रेष्ठ

आइतवार, बैशाख २६, २०७८
0
212

 वैशाख २६ गोरखा ।आज माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले भोलिबाट केपी ओली नेतृत्वको सरकार जिम्मेवारीमुक्त हुने बताएका छन् ।

गोरखामा पत्रकारहरुसँग कुरा गर्दै  नेता श्रेष्ठले सोमबार सरकारले विश्वासको मत प्राप्त गर्न नसक्ने बताए ।केही दिनमै बहुमतको नयाँ सरकार बन्ने पनि उनले बताए ।

‘माओवादी, नेपाली कांग्रेसलगायतका पार्टीहरुले विश्वासको मत नदिने निर्णय गरेका छौं,’ उनले भने, ‘सरकारको अहिलेसम्मको प्रतिगमनकारी र निरंकुशतावादी प्रवृत्ति, राष्ट्रिय स्वाधिनतामा सौदाबाजी, सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियामा अत्यन्तै छिपछिपेपन, कोरोना महामारी नियन्त्रणमा देखिएको नालायकीपन र असक्षमता, अध्यादेशबाट शासन गर्ने शासकीय शैली छ ।

यो सबै कोणबाट हेर्दा यो सरकारले विश्वासको मत प्राप्त गर्न सक्दैन, भोलिका दिनबाट यो सरकार जिम्मेवारीबाट मुक्त हुन्छ ।’

NO COMMENTS