Home Breaking News अक्सिजन सिलिण्डर बुझाउन गाेरखा प्रशासनकाे आग्रह

अक्सिजन सिलिण्डर बुझाउन गाेरखा प्रशासनकाे आग्रह

सोमवार, बैशाख २७, २०७८
0
293

जिल्ला प्रशासन कार्यालय गाेरखा ।

गोरखा २७, बैशाख । जिल्ला प्रशासन कार्यालय गोरखाले अस्पताल प्रयोजन बाहेकका अक्सिजन सिलिन्डर बुझाउन आग्रह गरेको छ ।

कार्यालय आज एक सूचना जारी गर्दै नयाँ भेरियन्टको कोरोना भाइसरबाट संक्रमितहरुको उपचारको लागि अक्सिजन सिलिन्डर आवश्यक पर्ने भन्दै अस्पताल प्रयोगजन भन्दा बाहिर प्रयोग हुदै आएको सिलिन्डर प्रहरी कार्यालयमा बुझाउन भनेको हो ।

जारी सूचनामा ‘विश्वब्यापी महामारी रुप लिएको नयाँ भरियेन्ट सहितको कोरोना भाइरस कोभिड–१९ को संक्रमण जिल्ला भित्र बढ्दो क्रममा रहेको’ भन्दै ‘कोरोना भाइरसबाट संक्रमितहरुको उपचारको लागि अक्सिजन जस्तो अत्यावश्यक बस्तुको आपूर्ती ब्यवस्थामा असर पर्न नदिन मिति २०७८/०१/२७ गते बसेको जिल्ला स्तरीय कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको बैठकले अस्पताल प्रयोजन बाहेक अन्यत्र प्रयोग भएका अक्सिजन सिलिन्डर (खाली तथा भरी) जिल्ला प्रहरी कार्यालय मार्फत संकलन गरि गोरखा अस्पतालमा बुझाउने निर्णय भएको भनिएको छ ।

साथै अस्पताल प्रयोजक बाहेक अन्य प्रयोजनको लागि प्रयोग भएका अक्सिजन सिलिन्डरहरु संकलन गरी गोरखा अस्पतालमा बुझाउन समेत गोरखा प्रहरीलाई भनेको छ ।

गाेरखामा अक्सिजन ग्याँसकाे कालाेबजारी गर्ने स्थानीय अस्पताल र मेडिकलहरुकाे बारेमा भने प्रशासनले कुनै कुरा खुलाएकाे छैन । सानाे अक्सिजन सिलिण्डर भरेका यहाँका स्थानीय अस्पताल र मेडिकलहरुले धराैटी रकम रु ८ हजार  भरेकाे  नाैसय देखि १५ सय सम्म लिने गर्दछन् ।

NO COMMENTS