Home Breaking News गण्डकी प्रदेश मुख्यमन्त्रीमा लमजुङका पृथ्वी सुब्बा गुरुङले सपथ लिए

गण्डकी प्रदेश मुख्यमन्त्रीमा लमजुङका पृथ्वी सुब्बा गुरुङले सपथ लिए

बुधबार, बैशाख २९, २०७८
0
259

पाेखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दोस्रो पटक पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् । लमजु जिल्ला घर भएका गुरुङले गत वैशाख २६ गते मुख्यमन्त्री गुरुङले पदबाट राजीनामा दिएका थिए ।

प्रदेश प्रमुख सीता कुमारी पौडेलले  तीन दिन भित्र बहुमत प्राप्त दुइ वा दुइ भन्दा धेरे दलहरुलाइ मुख्यमन्त्री हुन आउन आव्हान गरेकी थिइन । नेपाली काँग्रेस,माअाेवादी केन्द्र, जसपा र जनमाेर्चाकाे गठबन्धनले मुख्यमन्त्रीका लागि बहुमत जुटाउन सकेका थिएनन् ।  पाैडेलले संविधानको धारा १६८ (३) अनुसार ठूलो दलको हैसियतले नेकपा (एमाले)का संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी छन् ।

प्रदेश प्रमुख पौडेलले दुई वा दुई भन्दा बढी दललाई सरकार गठनका लागि दिएको तीन दिनको समयमा काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले चार दलको समर्थनमा मुख्यमन्त्री दावी गरेपनि हस्ताक्षर पुगेको थिएन ।

नवनियुक्त मुख्यमन्त्री गुरुङले केही बेरमै प्रदेश प्रमुखको निवासमा पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रिय जनमोर्चाका दुई सांसदले सरकार निर्माणका लागि हस्ताक्षर गर्न नमानेर तटस्थ बसेपछि विपक्षी गठनबन्धले सरकार बनाउन नसकेका हुन् । यसअघि संसदमा आफू विरुद्ध अविश्वासको प्रश्ताव दर्ता भएर सो लागि मतदानको अघिल्लो दिन गुरुङले पदबाट राजीनामा दिनुभएको थियो ।

दोस्रो पटक मुख्यमन्त्री नियुत्तः गुरुङले एक महिनाभित्रमा संसदबाट विश्वासको मत लिनु व्यवस्था रहेकाे छ ।

NO COMMENTS