Home Breaking News मृत्यु भएका गाेरखाका दुइ जना पुरुषकाे काेराेना नतिजा पाेजेटिभ

मृत्यु भएका गाेरखाका दुइ जना पुरुषकाे काेराेना नतिजा पाेजेटिभ

शुक्रबार, बैशाख ३१, २०७८
0
248

वैशाख ३१, गोरखा । उपचारको क्रममा शुक्रबार मृत्यु भएका दुई जना पुरुषको कोरोना नतिजा पोजेटिभ आएको छ ।

शहिद लखन गाउँपालिका–४ का पुरुषको  कोरोना रिपोर्ट पोजेटिभ आएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विरेन्द्र श्रेष्ठले बताए । परिवारका सदस्यमा कोरोना पुष्टि भएपछि वैशाख २८ गते पीसीआर परीक्षणका लागि उनले स्वाब दिएका थिए । ४१ वर्षीय ती पुरुषको उपचारको क्रममा काठमाडौं स्थित टेकु अस्पतालमा मृत्यु भएको हो ।

पालुङटार नगरपालिका–२ का ६५ वर्षीय पुरुषको शुक्रबार साँझ कोरोना रिपोर्ट पोजेटिभ प्राप्त भएको नगरपालिकाका कोरोना फोकल पर्सन दिपेन्द्र गिरीले बताए ।

छिमेकीमा कोरोना देखिएपछि उनको वैशाख २७ गते स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको थियो । शुक्रबार दिउँसो ती पुरुषको उपचारको क्रममा आँपपिपल अस्पतालमा मृत्यु भएको थियो ।

 

NO COMMENTS