Home Breaking News आँपपिपल अस्पतालमा एन्टिजेन टेष्ट, ३ जनामा पाेजेटिभ नतिजा

आँपपिपल अस्पतालमा एन्टिजेन टेष्ट, ३ जनामा पाेजेटिभ नतिजा

मङ्लबार, जेष्ठ ४, २०७८
0
296

गाेरखा । आँपपिपल अस्पतालमा आज विहान गरिएकाे ३१ जना श‌कास्पद नागरिकहरुकाे एन्टिजेन टेष्टमा  तीन जनाकाे नतिजा पाेजेटिभ आएकाे अस्पतालले जनाएकाे छ ।

एन्टिजेन टेष्ट किट नहुँदा अस्पतालले यस अघि परीक्षण गर्न सकेकाे थिएन । नेकपा माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले काठमाण्डाैबाट दुइ जना डाक्टर दुइ जना ल्याव टेक्नीसियन र एक जना स्वास्थ्य शाखाका कर्मचारी सहितकाे टाेली लिएर साेमबार पालुङटारबाट निर्वाचन क्षेत्र प्रवेश गरेका थिए ।

आज जाैवारी प्राथमिक उपचार केन्द्र र भच्चेक स्वास्थ्य चाैकीमा सम्म पुगेर एन्टिजेन टेष्ट गर्ने र आवश्यक स्वास्थ्य सामग्री प्रदान गर्ने कार्यक्रम रहेकाे श्रेष्ठका स्वकिय सचिव सुरेशकाजी श्रेष्ठले  जानकारी दिए ।

 

NO COMMENTS