गाेरखा । जव मानिस घरमा विरामी परेर फत्र्या फत्र्या पर्छ तव मात्र उ अस्पतालतिर आँखा देख्छ । गाेरखा अस्पतालले आफूसँग भएकाे सिमित एन्टिजेन किटबाट पावरकाे आधारमा परिक्षण गर्छ र नतिजा पाेजेटिभ आए अन्यत्र रिफर गर्छ । विगत दुइ हप्ताकाे भाेगाइ यहि छ जिल्लामा । नागरिकहरु स्वाव दिन मलाइ काेराेना देखाउँछ कि भनेर अझै डराइरहेका छन् । काेराेना देखिएपछि नै विसेक हुने हाे नदेखिने काेराेनाले त झन मानिसहरुकाे मृत्यु गराइरहेकाे डाक्टरहरुले बताइरहेका छन् ।
यी सबै समस्याहरुका बारेमा बुझेका नेपाल कम्युनिष्ट पार्टी माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठले गाेरखाका नागरिकहरुकाे अहिले धमाधम एन्टिजेन परिक्षण गराइरहेका छन् । आज भएकाे परीक्षणमा १७ जनामा काेराेना पुष्टि भएकाे छ । यदि उनीहरुकाे परीक्षण नभएकाे भए अन्तिम अवस्थामा मात्र अस्पताल आउने र अवस्था जटिल हुन सक्ने डाक्टरले बताएका छन् । समयमै परीक्षण गर्दा उपचार गर्न र निकाे पार्न सजिलाे हुने चिकित्सकले बताए ।
कोभिड स्वयमंसेवाकोे टोलीले सिरान्चोक गाँउपालिकाको जौवारीमा , जौवारी प्राथमिक स्वास्थ्य केन्द्रमा एन्टिजेन प्रवृद्धिबाट ७६ जनाको कारोना परिक्षण गरिएकोमा १४ जनामा कोरोना पुुष्टि देखिएको हाे ।अजिरकाेट पुगेको उक्त टोलीले त्यहाँ पनि आज नै कोरोना परिक्षण गरी सक्ने याेजनामा रहेकाे बताएका छन् । श्रेष्ठले अस्पतालका लागि आवश्यक स्वास्थ्य सामग्री समेत प्रदान गर्दै आएका छन् ।