Home Breaking News लमजुङ भूकम्प चीन र भारत सम्म धक्का

लमजुङ भूकम्प चीन र भारत सम्म धक्का

बुधबार, जेष्ठ ५, २०७८
0
203

गाेरखा । गाेरखा आसपासमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ। लमजुङकाे भुलभुलेलाइमा केन्द्र बनाएर फेरि भूकम्प गएको हो। भूकम्पकाे धक्का चीन र भारत सम्म पुगेकाे छ । आज बिहान लमजुङको भुलभुले आसपास नै केन्द्रबिन्दु बनाएर ८ बजेर २६ मिनेट जाँदा ५.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

यसअघि आजै बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पको धक्का गण्डकी प्रदेश, लुम्बिनीका केही जिल्ला र काठमाडौं उपत्यकासहित केही जिल्लामा महसुस गरिएको छ। भूकम्पमा केही घर भत्किनुका साथै केही स्थानीय घाइते भएका छन् ।

NO COMMENTS