Home Breaking News माओवादी केन्द्रले भन्याे काेराेना सङक्रमण राेक्न सबै सहयाेग गर्छाै

माओवादी केन्द्रले भन्याे काेराेना सङक्रमण राेक्न सबै सहयाेग गर्छाै

बिहिबार, जेष्ठ ६, २०७८
0
242

गाेरखा ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समिति गोरखाको कार्यालयको विस्तारित बैठकले  स्वास्थ्यकर्मीकाे मनाेवल उच्च बनाइ विरामीकाे सेवा गर्न अनुराेध गरेकाे छ । पार्टीले भनेकाे छ काेराेना सङक्रमण राेक्न सबै सहयाेग गर्न तयार छाैँ ।  पार्टी अध्यक्ष लेख बहादुर थापाकाे अध्यक्षतामा बसेकाे बैठकले उक्त निर्णय लगायत ११ वटा निर्णय गरेकाे छ। स्वास्थ्यकर्मीलाइ उचित पारिश्रमिक दिएर काममा लगाउन समेत उसले तालुक निकायलाइ भनेकाे छ ।

पार्टीले आइसाेलेन बनाउने ठाउँ अभाव भए आफ्नाे पार्टी कार्यालय भवन प्रयाेग गर्न सक्ने बताएकाे छ । प्रत्येक वडामा एन्टिजेन किट गरेर विरामीकाे जाँच गर्न, अक्सिमिटर उपलब्ध गराउन, विरामीहरुले अनुशासनकाे पालना गर्न र पार्टीका सबै कार्यकर्तालाइहरु जनताकाे हितमा लाग्न निर्देशन गरेकाे पार्टीका कार्यालय  सचिव अकुर तिमिल्सिनाले बताए ।

उपचार अभावमा नागरिकहरुकाेकाे ज्यान गएकाे प्रति गम्भीर हुँदै  अस्पतालका लागि उपचारमा गर्नुपर्ने सबै सहयाेग गर्ने पार्टी बैठकले निर्णय गरेकाे हाे ।

बैठकमा पार्टीका केन्द्रीय सदस्य क.हरिराज अधिकारी (कुमार) को प्रमुख आतिथ्यता, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क. कृष्ण धिताल (विजय), केन्द्रीय सदस्य क.चुडामणी खड्का (प्रकाश),केन्द्रीय सदस्य एवं जिल्ला सह इन्चार्ज कमरेडहरु अमर तमु (रमन), क.परशुराम रम्तेल (प्रमोद), क.शुसिला सिंखडा(दुर्गा), लगायत प्रदेश सदस्य कमरेडहरुको विशेष उपस्थितिमा /  रहेकाे साे पार्टीले जनाएकाे छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पार्टी बैठककाे निर्णय जस्ताकाे तस्तै

(१) बैठकको शुरुमा महान् जनयुद्ध लागायत परिर्वतनको लागि संचालिन विभिन्न जनक्रान्तिको क्रममा शहादत प्राप्त गर्नुहुने सम्पूर्ण शहीद हरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पाण गरियो साथै वेपत्ता योद्धाहरु प्रति गहिरो स्मरण गर्दै कोरोना भाइरसबाट ज्यान गुमाउनु हुने मृतक प्रति हार्दिक श्रद्धाञ्जली एवं कोरोना बाट विरामी भई अस्पताल र होम आइसुलेसनमा वस्नु भएका सबै विरामी हरुको शिघ्र स्वास्थ्य लाभको कामनाका साथ कोरोनाबाट आक्रान्त जनमुदायमा शान्त्वना व्यक्त गर्दछ ।

(२) पार्टी केन्द्र तथा प्रदेशका बैठकका निर्णयहरु दृढतापूर्वक कार्यन्वयन गर्ने निर्णय गर्दै केन्द्र र प्रदेश एवं जिल्लाको परिपत्रहरु कमरेडहरुलाई इमेल मार्फत पठाइएको छ ।

(३) युके भेरियन्टबाट मुलुक आक्रान्त भइरहेको अवस्थामा गोरखा जिल्लाको विभिन्न गाँउहरुमा प्रकोप फैलिरहेको हुदाँ हाम्रो पार्टी गभीर भएको छ । यस्तो विपतको घडीमा संवेदनशील भई आ आफनो ठाँउमा समस्य समाधानको लागि अगाडी वढ्न पार्टी नेता कार्यकर्ता,समर्थक, शुभचिन्तक राजनैतिक दल, प्रशासन तथा स्वास्थय कार्यालयहरु सबैमा हार्दिक अनुरोध गर्दछ ।

(४) कोरोना माहामारीबाट सुरक्षित हुन अपनाउनु पर्ने स्वास्थ्य मापदण्ड संस्थागत र व्यक्तिगत रुपमा स्वअनुशासन लागू गर्न हार्दिक अनुरोध गर्दछ ।

(५) कोरोना प्रभभावित भएका महानुभावहरुको एकान्त वासस्थान तथा स्वास्थ्य उपचारको प्रवन्ध गर्न सम्बन्धित पक्षमा हार्दिक अनुरोध छ ।

(६) शव व्यवस्थापनमा धार्मिक मनोविज्ञान समेतलाई ध्यान दिन र शव व्यवस्थापनमा खटिनु भएका सुरक्षकर्मीलाई उचित सेवा सुविधा उपलब्ध गराउन सरकार लाई आग्रह गर्दछ ।

(७) कोरोना प्रभावितलाई ए।ऋ।च् रिर्पाेट आउन ढिलाई भएको छ । यसलाई द्रुत गतिमा वढाई रिर्पाेट दिन र प्रत्येक वाडका स्वस्थ्य चौकीमा ब्ल्त्त्क्ष्न्भ्ल् परिक्षण गर्न, अक्सिजनको व्यवस्था गर्न र एक टोल एक इहथmभतभच को व्यवस्था सरकारलाई अनुरोध गर्दछ ।

(८) कोरोना प्रभावित गाँउहरुमा राहतको व्यवस्था गर्न सबैमा अनुरोध छ ।

(९) कोरोना विरामीको उपचारमा युद्धरत अहोरात्र खटिनु भएका सबै तहका स्वास्थ्यकर्मीहरुलाई हौसला स्वरुप थप सेवा सुविधा प्रदान गर्न नेपाल सरकारमा अनुरोध गर्दछ ।

(१०) जिल्ला सदरमुकाम स्थित अस्पतालमा आइसोलेसन अभाव भै बाहिर उपचार गर्नुपर्ने स्थितिलाई ध्यान दिदै यस अगाडी नै प्रेसित पार्टी कार्यालयलाई आइसोलेसन वनाई विरामीको उपचार गर्न सम्वन्धित पक्षलाई पुनः जानकारी गराइन्छ ।

(११) जिल्ला स्थित म्ऋऋःऋ लाई सहयोग गर्न जिल्लामा राजनितीक पार्टीहरु सम्मीलित एक समन्वय सहयोग समिति तथा सबै नगर र गाँउपालिकाहरुमा समेत तत् अनुसार पालिका स्तरीय कोभिड नियन्त्रण सहयोग समिति निर्माण गर्न पुनः जोडदार माग गर्दछौं ।

NO COMMENTS