Home Breaking News घैरुङ गाउँका ८ जनामा काेराेना पाेजेटिभ

घैरुङ गाउँका ८ जनामा काेराेना पाेजेटिभ

बिहिबार, जेष्ठ ६, २०७८
0
590

तस्वीर सुरेशकाजी श्रेष्ठकाे फेसबुकबाट ।

जेठ ६, गाेरखा । शहिदलखन गाउँपालिकाकाे वडा नम्बर ६ घैरुङ गाउँमा ३३ जनाकाे एन्टिजेन परीक्षण गर्दा ८ जनामा काेराेना पाेजेटिभ देखिएकाे शहिदलखन गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विरेन्द्र श्रेष्ठले जानकारी दिए ।

जिल्लावासी नागरिकहरुकाे जीवन रक्षाका लागि सङक्रमित आशँका गरिएका क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टिका प्रवक्ता नारायणकाजी श्रेष्ठ विगत चार दिनदेखि जिल्ला दाैडाहामा रहेका छन् ।

यस अघि जिल्लाकाे पालुङटार, सिरानचाेक,अजिरकाेट, बारपाक सुलिकाेटमा नागरिकहरुकाे एन्टिजेन परीक्षण गरिएकाे थियाे ।

आज शहिद लखन गाउँपालिका,भीमसेना गाउँपालिका र आरुघाट गाउँपालिकामा परीक्षण गरिने टाेलिमा सँलग्न चिकित्सकले जानकारी दिएका छन् । पालिकामा रहेका स्वास्थ्यकर्मीहरुले आवश्यक ठानेका नागरिकहरुमा परीक्षण गरिएकाे हाे ।

परीक्षणसँगै परामर्श दिने र पालिकामा एन्टिजेन किट सहित प्रयाेग तरिका सिकाउँदै डाक्टर सहितकाे टाेली गाेरखाली नागरिकहरुकाे जीवनरक्षार्थ काम गरिरहेकाे हाे ।

यस अघि एन्टिजेन परीक्षणका लागि गाेरखा अस्पताल पुग्नु पर्ने र पहुँच हुनेले मात्र उक्त सुविधा पाउने व्यवस्था रहँदै आएकाे थियाे ।

NO COMMENTS