Home Breaking News गाेरखा अस्पतालमा वेड सँख्या ४० पुग्याे, आवश्यकता पर्दा अझै थप गर्न सकिने

गाेरखा अस्पतालमा वेड सँख्या ४० पुग्याे, आवश्यकता पर्दा अझै थप गर्न सकिने

शुक्रबार, जेष्ठ ७, २०७८
0
409

जिल्ला अस्पताल गोरखा

जेठ ७, गाेरखा । बैठकले गोरखा अस्पतालमा आइसोलेन बेड थप गर्न निर्णय भएको छ । जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शालिकग्राम शर्मा पौडेलले जानकारी दिए ।

बैठकले अस्पताल अहिले रहेको १४ बेड क्षमतालाई बिस्तार गरि ४० बेडसम्म निर्माण गर्ने निर्णय गरेको हो । दिनदिनै कोरोना संक्रमित बढ्दै जाँदा उपचारका लागि बेडको अभाव हुन नदिन अस्पतालमा आइसोलन बेड थप गर्ने निर्णय डिसिएमसीको बैठकले निर्णय गरेको जनाइएको छ ।

डिसिएमसीका एक सदस्यले भने आवश्यकता पर्दा गाेरखा अस्पतालमा मात्रै २०० भन्दा धेरै वेड व्यवस्थापन गर्न सकिने रहेछ, अक्सिजन प्लान्ट यहिँ छ, जटिल अवस्थामा रहेका विरामीहरुलाइ पार्टि कार्यालयमा राखेर उपचार गर्नु भन्दा अस्पतालमै राखेर गर्दा जीवन रहने भएकाले अस्पतालमा वेड सँख्या थप गर्न लागिएकाे हाे । अस्पतालमा प्रशस्तै ठाउँ रहेछन जटिल अवस्थामा पुगेका विरामीहरुलाइ यहाँ ल्याएर उपचार गर्न सकिन्छ ।

 

NO COMMENTS