गाेरखा । बक्राङका २० जना सहित शहिद लखन गाउँपालिकामा आइतबार ५३ जना काेराेना सङक्रमित थपिएका छन् । शहिदलखन १ बक्राङ पिपलछापमा ३३ जनाको PCR को लागि स्वाव संकलन गरिएकोमा” १९ जनाको रिपोर्ट पाेजेटिभ देखिएकाे हाे ।
आइतबार गाेरखा अस्पतालमा गरिएकाे एन्टीजेन टेष्टमा साेही वडा खहरेकी ५२ वर्षिय महिलामा पाेजेटिभ नतिजा आएकाे गाेरखा अस्पतालका सूचना अधिकारीले जानकारी दिएका छन् ।
ताकलुङ्ग स्वास्थ्य चौकीमा २२ जनाको स्वाव संकलन गरिएकोमा” १० जनाको रिपोर्ट पाेजेटिभ आएकाे छ । मनकामनामा ३८ जनाको स्वाव संकलन गरिएकोमा” २३ जनाको रिपोर्ट पाेजेटिभ गरी शहिद लखन गापा भित्र आइतबार “५३ जना”संक्रमित थपिएका छन।
सक्रमितहरु सबैलाइ हाेम आइसाेलेनमा स्वास्थ्य सावधानिका साथ राखिएकाे र उनीहरुकाे अवस्था सामान्य रहेकाे गाउँपालिका स्वास्थ्य शाखाले जनाएकाे छ ।