Home Breaking News गाेरखा नगरपालिकामा आज थपिए ५० जना काेराेना सङक्रमित

गाेरखा नगरपालिकामा आज थपिए ५० जना काेराेना सङक्रमित

मङ्लबार, जेष्ठ ११, २०७८
0
176

जेठ ११,गाेरखा । गोरखा नगरपालिकामा आज  ५० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । नगरपालिकाले जेठ २, ४ र ५ गते संकलन गरेको पिसिआरको नमुनाबाट थप ५० जना संक्रमित थपिएका हुन ।

सङक्रमित हुनेहरुमा गाेरखा नगरपालिका वडा नम्बर ६ का ४ महिला र ४ पुरुष गरी ८ जना, वडा नम्बर ९ काे २ पुरुष, वडा नम्बर १ काे २ महिला र ३ पुरुष गरी ५ जना, २ काे ६ महिला र ७ पुरुष गरी १३ जनामा संक्रमण देखिएकाे स्वास्थ्य शाखाका स्वास्थ्य निरिक्षक निश्चल अर्यालले बताए ।

वडा नम्बर ४ मा ५ महिला र ६ पुरुष गरी ११ जना, ३ मा ४ महिला, ८ मा २ महिला र २ पुरुष गरी ४ जना र वडा नम्बर ९ मा एक पुरुषमा संक्रमण पुष्टि भएका छन् । नगर भित्र स्वाव सङकलन भएका शहिदलखन ७ का एक पुरुष  र एक महिला पनि सङक्रमित भएका छन् ।

NO COMMENTS