आँबुखैरेनी, ११ जेठ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा कोरोन संक्रमित हुनेको संख्या ३२ पुगेको छ। गाउँपालिका आज प्रकाशित गरेको पछिल्लो तथ्यांक अनुसार गाउँपालिकामा संक्रमीत हुनेको संख्या ३२ पुगेको हो। यस अघि गाउँपालिकामा २१ जना कोरोना सङक्रमित थिए ।
आज एकैदिन ११ जनामा कोरोना संक्रमण देखिएपछि संक्रमितको संख्या ३२ पुगेको हो। आज संक्रमित हुनेहरुमा वडा नं. २ को २३, २५ र ५६ वर्षीया महिलाका साथै वडा नं. ३ का २४, २५, ३० र ३५ वर्षका पुरुष तथा २०, ३२, ४८ र ५२ वर्षीया महिला रहेको गाउँपालिकाले जानकारी दिएको छ।