पाेखरा । गण्डकी प्रदेश सरकारले आगामि आर्थिक वर्षका लागि कूल ३० अर्ब ३ करोड ९४ लाख रुपैयाँको बजेट ल्याएको छ ।
सरकारका अर्थमन्त्री समेत रहेका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आज सदनबाट बजेट बक्तव्य गरेका हुन् ।
सदनमा बजेट प्रस्तुत गर्दै चालुतर्फ १३ अर्ब ६ करोड अर्थात् ४३ दशमलव ५ प्रतिशत विनियोजन गरेको जानकारी दिए ।
पुँजीगततर्फ कुल बजेटको ५५ दशमलव ७ प्रतिशत अर्थात १६ अर्ब ७३ करोड छुट्याइएको छ । याे बजेट गतवर्ष भन्दा ४ अर्व कम हाे ।