Home Breaking News बुङकाेटमा अपाङ्गमैत्री घर बनाएका श्रमिकहरुले ज्याला पाएनन्, अनुदानकाे सरकारी सामग्री विक्री गर्ने...

बुङकाेटमा अपाङ्गमैत्री घर बनाएका श्रमिकहरुले ज्याला पाएनन्, अनुदानकाे सरकारी सामग्री विक्री गर्ने वडा अध्यक्षलाइ पालिका अध्यक्षद्वारा सँरक्षण गरेकाे आराेप

शुक्रबार, साउन १, २०७८
0
1049

शहिदलखन,गाेरखा । जिल्लाकाे शहिदलखन गाउँपालिका वडा नम्बर ७ स्थित धन बहादुर श्रेष्ठकाे अपाङ्ग मैत्री घर निर्माण थालनी गरेकाे २०७४ साल फागुनदेखि काम गरेका श्रमिकहरुले अझै सम्म ज्यालाकाे रकम पाउन सकेका छैनन् ।

दैनिक ज्यालादारीमा काम गरेर जीवन धान्दै आएका हाैँ तर ज्याला पाएनाैँ । ज्याला हप्ता दिन भित्रै दिने भनेर २०७७ भदाै ३० गते खर्च विवरणमा हस्ताक्षर समेत गराइ सार्वजनिक सुनुवाइ भयाे तर आज सम्म ज्याला पाएन भन्दै श्रमिकहरुले विलाैना गरेका छन् ।

घर निर्माणमा सँलग्न रहेका मान बहादुर गुरुङका अनुसार उठेकाे रकम र भएकाे खर्च अनुसार सबैलाइ रकम दिएर पनि बचत हुनुपर्ने हाे तर यहाँ अनिवार्य दिनुपर्ने ठाउँमा समेत दिइएकाे छैन । कहाँ जाने गुनासाे गर्ने ? दिन्न भन्दैनन् तर तीन वर्ष हुँदा सम्म ज्याला पाइएन, उनले भने । काम गरेर ज्याला नपाउनेहरु माेहन गुरुङ, सुर्य गुरुङ, मान बहादुर गुरुङ,राजेश गुरुङ, एक बहादुर श्रेष्ठ, उमेश परियार, डिल बहादुर गुरुङ, इन्द्र बहादुर गुरुङ रहेका छन् । आफूहरुले ९९ हजार सातसय लिन बाँकी रहेकाे मान बहादुरले बताए ।

आफूहरुले ज्यालादारी बाहेक अलग्गै श्रम समेत गरेकाे तर त्यसकाे रकम माग नगरेकाे उनकाे भनाइ छ । वडा नम्बर ७ का वडा अध्यक्ष शरण श्रेष्ठकाे अगुवाइमा निर्माण भएकाे उक्त घर महँगाे मूल्यमा निर्माण भएकाे स्थानीयहरुकाे भनाइ छ । रकम पनि उठेकाे हाे तर कहाँ खर्च भएर दिनुपर्ने ठाउँमा दिइएन भन्दै स्थानीयहरुले प्रतिप्रश्न गरेका छन् ।

वडा अध्यक्ष श्रेष्ठले भने घर निर्माणमा नाेक्सान परेका कारण ज्याला दिन नसकेकाे र केही रकम उठ्न बाँकी रहेकाले उठेपछि दिने बताए । मेरा विरुद्ध गलत प्रचार गर्न केही मानिसहरु लागि परेका छन् त्याे मलाइ थाहा छ, घर निर्माणमा लागेकाहरुलाइ स्राेत जुटाएर दिन बाँकी रकम दिन्छु  उनले भने ।

शहिद लखन गाउँपालिका कै वडा नम्बर ८ का वडा अध्यक्ष काशिनाथ अँगाइले सरकारी अनुदानमा आएकाे स्वास्थ्य सामग्री निजि मेडिकल मार्फत विक्री गर्ने गरेकाे भएपनि गाउँपालिकाले उनीमाथि कारवाही त के सामान्य साेधपुछ समेत गरेकाे छैन । मेडिकल सञ्चालकले वडा नम्बर ८ का वडा अध्यक्ष ज्यूले वडामा पालिकाले जति चाहिए पनि पठाउँछु भन्दै नेपाल सरकारद्वारा निशुल्क वितरणका लागि भनेर लेखिएका स्वास्थ्य सामग्रीहरु पालिका भित्र रहेका स्थानीय मेडिकलहरुलाइ विक्रीका लागि प्रदान गरेका बताएका छन् । मेडिकलले वडा अध्यक्षले दिएकाे सामग्री फरक फरक मूल्यमा विक्री गरेकाे थियाे । सरकारी अनुदानमा प्राप्त सामग्री विक्री गरेकाे थाहा पाएपछि गाउँपालिकाले अनुगमन गरी मेडिकल सञ्चालकसँग लिखित स्पष्टीकरण माग गरेपनि पालिकाले हाल सम्म कुनै कारवाही गरेकाे छैन ।

अनुगमन गर्दाकाे दृश्य । तस्वीर राजेन्द्र न्याैपाने

सरकारी अनुदानकाे सामग्री विक्री गर्नेलाइ पाँचलाख रुपैयाँ सम्म जरीवाना र ६ महिना सम्मकाे जेल सजाय हुने कानुनी प्रावधान रहेकाे छ । सरकारी सम्पति बिक्रीका लागि प्राेत्साहन गर्नेलाइ अझ धेरै कारवाही हुने काुननि व्यवस्था रहेपनि गाउँपालिका अध्यक्षकाे सँरक्षणका कारण  कसैलाइ पनि कारवाही हुन नसकेकाे स्थानीयहरुले बताएका छन् । अनुगमन समितिका अध्यक्ष समेत रहेकी गाउँपालिका उपाध्यक्ष इन्दीरा तिवारीका अनुसार मेडिकल सञ्चालकले लिखित इष्पष्टीकरण दिएका छन् त्यसका आधारमा कारवाही प्रक्रिया अगाडि बढानुपर्ने भएपनि ढिलाइ भइरहेकाे बताएकि हुन् । कसले राेक्याे कारवाहीका लागि भन्ने प्रश्नमा उनले भनिन, कार्यपालिकामा छलफल हुनुपर्ने विषय हुनसक्छ अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसँग बसेर छलफल गरेर अघि बढ्ने छाैँ ।

कार्यपालिका बैठकमा पालिका भित्रका समाचार लेख्ने पत्रकारलाइ कारवाही गर्नुपर्ने भन्दै कार्यपालिका सदस्यहरुले भाषण गर्ने गरेकाे बैठकमा सहभागि एक वडा अध्यक्षले जानकारी दिएका छन् । अनुगमनमा आउने म हाे विक्री गरे पछि मलाइ पैसा पठाउनु भन्दै सरकारी अनुदानकाे सामग्री विक्री गर्न वडा नम्बर ८ का वडा अध्यक्षले ढाडस दिँदै आएका विक्रीमा सँलग्न मेडिकल सञ्चालककाे भनाइ रहेकाे छ । वडा अध्यक्ष अम्गाइले भने विद्यालयले माग गरेका कारण आफूले विद्यालयमा पठाएकाे बताउँदै आएका छन् । विद्यालयले भने वडा अध्यक्षसँग कुनै पनि समान माग नगरिएकाे जनाएकाे छ । मेडिकलसँग नमुना ल्याउ भनिएकाे हाे तर बाहिर बजारमा विक्रि भए पछि मात्र हामीलाइ थाहा भयाे । विद्यालयलाइ जाेडेर गलत काम गर्न कसैलाइ पनि छुट नरहेकाे सामग्री माग गरिएकाे भनिएका विद्यालयका प्रधानाध्यापकले बताएका छन् ।

शहिदलखन वडा नम्बर ८ का वडा अध्यक्ष काशिनाथ अँगाइले विक्रीका लागि मेडिकलमा पठाएका सरकारी अनुदान प्राप्त सामग्री । तस्वीर राजेन्द्र न्याैपाने

गाउँपालिकाबाट वडाका स्वास्थ्य सँस्थालाइ प्राप्त हुने र अन्य सँस्थालाइ वडा दिएका स्वास्थ्य सामग्रीहरु वडा अध्यक्षकाे परिवारकाे नाममा रहेकाे सप्लायर्स मार्फत विक्री हुने गरेकाे हाे । कतिपय मनकारीहरुले दिएकाे सामग्री समेत वडा अध्यक्षहरुले बेचेर मुनाफा गर्दा गर्न तिर लाग्दा समेत गाउँपालिका मुकदर्शक बनेर बसेकाे छ ।

यसैगरी वडामा आएका बजेटका याेजनाहरुमा वडा अध्यक्षहरुले आफै ठेक्कामा सँलग्न रही मुनाफा लिने गरेकाे भएपनि यसबारेमा समेत पालिका माैन रहेकाे स्थानीय नागरिकहरुले बताएका छन् ।

यस अघिका समाचार हेर्न क्लीक गर्नुहाेस् ।

NO COMMENTS