Home Breaking News टाेलमा पुगेर सामाजिक सुरक्षाभत्ता कार्ड नविकरण गर्दै शहिदलखन गाउँपालिका वडा नम्बर ५

टाेलमा पुगेर सामाजिक सुरक्षाभत्ता कार्ड नविकरण गर्दै शहिदलखन गाउँपालिका वडा नम्बर ५

बुधबार, साउन ६, २०७८
0
462

सामाजिक सुरक्षा भत्ता कार्ड नविवकरणमा मास्की छापमा रहेका जनप्रतिनिधि सहित वडाका कर्मचारीहरु । तस्वीर वडा नम्बर ५ कार्यालय

शहिदलखन, गाेरखा । सामाजिक सुरक्षा भत्ता लिने कार्ड नविकरणका लागि शहिदलखन गाउँपालिका वडा नम्बर ५ ताक्लुङ का वडा अध्यक्ष सहित वडाका कर्मचारीहरु टाेलमा पुग्न थालेका छन् । मास्कीछाप टाेलमा रहेका वडा अध्यक्ष यम बहादुर राना (चन्द्र)ले भने,सामाजिक सुरक्षा भत्ता लिने वृद्धवृद्धाहरु वडा वर्षातकाे समयमा कार्ड नविकरण गर्न वडा कार्यालय आउन जान समस्या हुने भएपछि टाेलटाेलमा पुगेर सेवा दिएका छाैँ  । साउन देखि असाेज सम्म कार्ड नविकरणलाइ सरकारले अनिवार्य गरेकाे छ । कार्ड नविकरण नभए भत्ता आउँदैन ।

सामाजिक सुरक्षा भत्ता कार्ड रुजु गर्दै कार्यालयका कर्मचारी सुनिता थापा ।

वडा नम्बर ५ का सबै टाेलमा पुग्ने उनले बताए । आज मास्कीछाप, भ्याकुरे,तिनमाने, तिनमाने माथिल्लाे टाेल र डाँडागाउँ टाेलमा पुगेर सामाजिक सुरक्षाभत्ताकाे कार्ड नविकरण गरिने उनले बताए । यतिबेला हामी गाउँका टाेलमा छाै उनले थप पुष्टि गरे । कार्ड नविकरण नभएर सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित हुने अवस्था आफ्नाे वडामा आउन नदिने वडा अध्यक्ष रानाले बताए । वडा सदस्य सहितका सबै जनप्रतिनिधि र कर्मचारीहरु  टाेलमा खटिएका छाैँ, रानाले भने ।

आफ्नाे कार्ड ध्यनपुर्वक हेर्दै सेवाग्राही ।

NO COMMENTS