
शहिदलखन, गाेरखा । सामाजिक सुरक्षा भत्ता लिने कार्ड नविकरणका लागि शहिदलखन गाउँपालिका वडा नम्बर ५ ताक्लुङ का वडा अध्यक्ष सहित वडाका कर्मचारीहरु टाेलमा पुग्न थालेका छन् । मास्कीछाप टाेलमा रहेका वडा अध्यक्ष यम बहादुर राना (चन्द्र)ले भने,सामाजिक सुरक्षा भत्ता लिने वृद्धवृद्धाहरु वडा वर्षातकाे समयमा कार्ड नविकरण गर्न वडा कार्यालय आउन जान समस्या हुने भएपछि टाेलटाेलमा पुगेर सेवा दिएका छाैँ । साउन देखि असाेज सम्म कार्ड नविकरणलाइ सरकारले अनिवार्य गरेकाे छ । कार्ड नविकरण नभए भत्ता आउँदैन ।

वडा नम्बर ५ का सबै टाेलमा पुग्ने उनले बताए । आज मास्कीछाप, भ्याकुरे,तिनमाने, तिनमाने माथिल्लाे टाेल र डाँडागाउँ टाेलमा पुगेर सामाजिक सुरक्षाभत्ताकाे कार्ड नविकरण गरिने उनले बताए । यतिबेला हामी गाउँका टाेलमा छाै उनले थप पुष्टि गरे । कार्ड नविकरण नभएर सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित हुने अवस्था आफ्नाे वडामा आउन नदिने वडा अध्यक्ष रानाले बताए । वडा सदस्य सहितका सबै जनप्रतिनिधि र कर्मचारीहरु टाेलमा खटिएका छाैँ, रानाले भने ।






