गाेरखा । बारपाक गाँउमा अर्थात मिति २०४८ साल श्रावण १८ गते पहिलाे पटक ५० कि वा क्षमताकाे बिजुली बाल्न सफल भएकाे थियाे। बारपाकमा विजुली बलेकाे ३० वर्ष फूरा भएकाे छ । विद्युत बाल्नका लागि सक्रिय भूमिका खेलेका बिर बहादुर घलेका अनुसार पहिलाे पटक विद्युत बल्दा बारपाकीहरु दङ्ग परेका थिए । अहिले सम्म पनि स्थानीय घट्टेखाेलामा निर्माण भएकाे विजुली बारपाकीहरुले प्रयाेग गरिरहेका छन् । राष्ट्रिय प्रसारणकाे लाइन समेत बारपाक पुगेकाे छ ।