साउन २०, काठमाण्डौं । एमाले बरिष्ठ नेता माधब कुमार नेपाल समुहले आज (बुधबार) नयाँ पार्टी खोल्ने पार्टीका ओली पक्षका नेता गोकुल बाँस्कोटले दावी गरेका छन् । सामाजिक सञ्जाल ट्विटर मार्फत एमालेका केन्द्रिय सदस्य समेत रहेका नेता बाँस्कोटाले बरिष्ट नेता नेपाल खनाल पक्षले नयाँ पार्टी खोल्न लागेको दावी गरेका हुन् ।
‘क्वालिमाटिमा भोलि माधव कमरेडले एमालेलाई रातो बत्ती देखाएर कलम पार्टी घोषणा गरी माओवादी पार्टीमा जाने ढोका खोल्ने र अन्ततः भाई कांग्रेस भई नयाँ अग्रगामी इतिहास रच्ने लास्ट प्रयास गर्ने ।’ नेता बाँस्कोटाले ट्विटमा लेखेका छन ।






