काठमाण्डाै । शिक्षा मन्त्रालयले कक्षा १२ काे परीक्षा स्थगित गर्न निर्देशन दिएकाे छ । साउन ३१ गतेबाट भदाै ९ गते सम्म परीक्षा तालिका सार्वजनिक भएकाे थियाे ।
काेराेनाकाे तेस्राे लहर बढेका कारण यसले थप महामारी ल्याउने भन्दै सराेकारवालाहरुले स्वास्थ्यलाइ ठूलाे मान्नुपर्ने बताउँदै आएका थिए । परीक्षा स्थगित भएसँगै अवकाे परीक्षा कसरी हुने भन्नेमा अन्याैल नै रहेकाे छ । राष्ट्रिय परीक्षा वाेर्डले शनिबार बैठक बसेर निर्णय सार्वजनिक गर्ने जनाएकाे छ ।