काठमाण्डाै । वि.सँ. २०३८ सालमा जन्मेका गाेपिलाल घर छाेडेकाे ३३ वर्षपछि परिवारका सम्पर्कमा आएका छन् । नेपाल सरकारका पूर्व सचिव एवँ सामाजिक अभियान्ता भीम प्रसाद उपाध्यायले सामाजिक सञ्चाल फेसबुकमा गाेपिलाल लामिछाने (सुकान्त) का बारेमा लेखेर फाेटाे सहित सार्वजनिक गरेका थिए ।


शुक्रबार सार्वजनिक भएकाेका उनकाे स्टाटसले शुक्रबार मध्यरातमा स्याङ्जाका पूर्ण चन्द्र लामिछानेले सुकान्त आफ्नाे भाइ भएकाे र आफू विहान ९/१० बजे लिन जाने बताएका छन् ।

गाेपिलालका अनुसार आफ्नाे परिवारका पूर्णचन्द्र लामिछाने दाइसँग सम्पर्क भएकाे छ । उहाँले राती फाेन गरेर भाेलि विहान लिन आउछु भन्नु भएकाे छ । उहाँले फाेन गर्दा आफूलाइ जीवनमा सबै भन्दा धेरै खुशी लागेकाे र अव बनेपाबाट स्याङ्जा जाने र उतै केही इलम गरेर बस्ने उनले बताए । आफू अहिले ४० वर्ष पुगेकाे उनले बताए । २०४५ सालदेखि आफू परिवारकाे सम्पर्कमा नरहेकाे उनकाे भनाइ छ । अहिले आफू ४० वर्ष भएकाे र हालसम्म अविवाहित रहेकाे उनले बताए ।
गाेपिलालले भने अनुसारका ठाउँ साविक जगतभञ्जयाङ गाविस वडा नम्बर २ पित्लेक पाण्डेथाेक हाल वालिङ्ग नगरपालिका वडा नम्बर ५ स्याङ्जा रहेकाे पत्ता लागेकाे हाे । उनकाे बुवा अहिले याे सँसारमा छैनन भने आमा , दाइ,भाइ, बहिनी र परिवारका अरु सदस्यहरु रहेका छन् ।
सामाजिक सञ्चालमा सामाजिक अभियान्ता भीम उपाध्यायलाइ पारिवारिक पुनर्मिलन जस्ताे पुण्य काम गराएकाे भन्दै धेरै नागरिकहरुले धन्यवाद दिएका छन् । उपाध्यायले राखेका विवरणहरु चार हजार ६०० भन्दा धेरैले हेर्नुका साथै दुइ हजार २०० जनाले सेयर गरेका थिए ।






