भदाै १, गाेरखा । जिल्लाकाे शहिदलखन गाउँपालिकाले आगामि पाँच वर्षका लागि आवधिक याेजना निर्माण सम्पन्न गरेकाे छ । दुइ दिन सम्म पालिकामा चलेकाे कार्याशाखाबाट याेजना तयार भएकाे पालिकाले जनाएकाे छ ।
दुई दिने कार्यशालामा सामाजिक विकास , आर्थिक विकास, पूर्वाधार विकास, वन, वातावरण तथा विपद् ब्यवस्थापन एवम् सुशासन र संस्थागत क्षमता विकासतर्फको लक्ष्य, उदेश्य, कार्यनीति र कार्यक्रमका विषयमा छलफल भएको थियाे ।
कार्यक्रममा पालिका जनप्रतिनिधि, कर्मचारी र पालिकाभित्रका सामाजिक संघसंस्थाका प्रतिनिधिविच समूहगत छलफल भइ प्राप्त प्रतिवेदनलाइ प्रस्तुत गरिएकाे थियाे ।
कार्याशालाले कृषि, पर्यटन र पूर्वाधारको दिगोपन, समृद्ध, सुसंस्कृत शहिद लखन भन्ने मुख्य नारा तय भएको छ ।
आवधिक योजना निर्माणमा प्राविधिक सहयोग पूर्णिमा परियोजना र सेवा परामर्श दाताका रुपमा सेमिड नेपालले सहयोग गरेकाे हाे । कार्यक्रममा सेमिड नेपालका पुरुषाेत्तम नेपाल लगायकाे समुहले सहजीकरण गरेकाे थियाे ।
शहिद लखन गाऊँपालिका अध्यक्ष रमेश थापामगरको अध्यक्षतामा भएको कार्यशाला कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटि सदस्य सुरेन्द्र थापा, पार्टीका गाऊँपालिका अध्यक्ष मनोज जोशी, नेपाली काँग्रेसका खुनप्रसाद रेग्मी, नेकपा माओवादी केन्द्रका ध्रुव खनाल, जनता समाजवादी पार्टीका मनोज श्रेष्ठ, शिक्षा समिति सदस्य रमेशकुमार श्रेष्ठ, गाऊँपालिका उपाध्यक्ष इन्दिरा तिवारीले मन्तव्य व्यक्त गरेका थिए ।