भदाै १,गाेरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले अत्यावश्यक सेवा बाहेक आजदेखि अन्य सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । भदौँ ११ गतेसम्म जारी निषेधाज्ञाको अवधिमा जिल्ला प्रशासनबाट प्रदान हुँदै आएको नागरिकता पासर्पोट बितरण लगायतका सवै सेवा बन्द गर्ने निर्णय गरेको प्रशासकीय अधिकृत हर्कबहादुर रोकाले जानकारी दिए ।
प्रशासनले एक सूचना प्रकाशन गरी जिल्लामा कोरोना भाइरस (कोभिड १९) को रोकथाम, नियन्त्रण र व्यवस्थापन गर्न लागि कार्यालयबाट जारी निषेधाज्ञाको अवधि भर कार्यालयले प्रदान गर्दै आएका सवै प्रकारका सेवा तत्कालका लागि बन्द गर्ने निर्णय गरेको जनाएकाे हाे ।






