चुमनुब्री गाउँपालिकामा हेलिकप्टरबाट कोरोना बिरुद्धको दोस्रो डोजको खोप

सोमवार, साउन ३२, २०७८
0
266

साउन, ३२ गाेरखा ।    चुमनुब्री गाउँपालिकामा हेलिकप्टरबाट आज कोरोना बिरुद्धको दोस्रो डोजको खोप पुर्याइएको छ । ढुवानीको अर्को बिकल्प नभएको त्यस क्षेत्रमा सिमिक एयरको हेलिकप्टरबाट दुइ पटक गरेर खोप पु¥याइएको स्वास्थ्य कार्यालय गोरखाको कोल्डचेन निरीक्षक ऋषिराम खत्रीले जानकारी दिए ।

‘चीनसंग सिमाना जोडिएको चुमनुब्री गाउँपालिकामा १८ बर्षमाथिका सवैलाई कोरोना बिरुद्धको पहिलो मात्राको खोप लगाई सकिएको छ, उनले भने, अहिले भेरोसिलको दोस्रो डोज र कोभिसिल्डको दोस्रो डोज लगाउनु पर्नेहरुका लागि खोप पठाइएको हो ।’ गएको ३ दिनदेखि खोप पठाउन प्रयास गरिएको भएपनि मौसम सफा भएकाले आज मात्र पठाउन सफल भएको निरीक्षक खत्रीले बताए ।

पहिलो चरणको भेरोसिल्ड खोप लगाएका २ हजार ७ सय ८२ जनाका लागि दोस्रो डोजको २ हजार ८ सय ३४ डोज पठाइएको उनकाे भनाई छ । ‘पहिलो मात्राको खोप लगाउन छुट भएकाहरुलाई बाँकी रहेको खोप स्टक राखेर लगाउने गरि खोप पठाइएको छ, निरीक्षक खत्रीले भन्नुभयो, ‘पहिलो मात्राको खोप लगाएका २१ दिनपछि दोस्रो डोजको खोप दिन लागिएको हो ।’

चुमनुब्री गाउँपालिकामा १८ देखि ५४ बर्षसम्मका लागि भेरोसिल र यस अघि कोभिसिल्ड खोप लगाएर दोस्रो डोजको पखाईका रहेका ६५ बर्षदेखि माथिका नागरिकहरुका लागि पनि स्ट्राजेनिका खोप ७ सय ३० डोज पठाइएको हाे । ‘हेलिकप्टरबाट पहिलो खेप चुमनुब्री गाउँपालिकाको समागाउँ, ल्हो, बिहि र प्रोकका लागि पठाइएको हो, उहाँले भन्नुभयो दोस्रो चुम्चेत र छेकम्पारका लागि चुम्लिङ तथा सिर्दिबासको लागि फिलिममा खोप पुर्याइएकाे हो ।’

उत्तरी गोरखामा भरिया लगाएर सवै खोप केन्द्रमा पठाइने  ‘खोप झरेको केन्द्रमा लगाउन सुरु गरिने, निरीक्षक खत्रीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here