गाेरखा । जिल्ला प्रशासन कार्यालय गाेरखाले नारीहरुकाे पर्व तीजलाइ घरमा बसेर साङकेतिक रुपमा मनाउन सूचना जारी गरेकाे छ । प्रशासकीय अधिकृत हर्क बहादुर राेकाद्वारा जारी सूचनामा असाेज २ गते सम्मका लागि जिल्लामा निषेधाज्ञा जारी भएकाेले हिन्दु नारीहरुकाे महान पर्व हरितालिका तीज पर्वलाइ भीडभाड नगरी घरमै बसेर मनाउन अनुराेध गरिएकाे छ ।
साथै सबै आमा तथा दिदि बहिनिहरुमा तीज पर्वकाे अवसरमा शुभकामना समेत प्रदान गरिएकाे छ ।