गोरखा । नेपाली काँग्रेसको १४ औं महाधिवेशन सुरु भएको छ । गोरखाका ९४ वटा वडामा आज अधिवशेन भइरहेकाे नेपाली काँग्रेस गाेरखाले जनाएकाे छ । ९४ वडा कार्यसमितिका लागि एक साथ निर्वाचन हुन लागेको हो ।
वडा कार्यसमितमा एक सभापती, दुई उपसभापती, दुई सचिव र दुई सहसचिव सहित २२ जनाको कार्यसमिति निर्माण गरिने मुख्य निर्वाचन अधिकृत वेदबहादुर महतले जानकारी दिए । निर्वाचित सदस्यहरुबाट कार्यसमितिले कोषाध्यक्ष चयन गर्नेछ ।
जिल्लाका ११ वटा स्थानीय तहमा गरी झण्डै १२ हजार क्रियाशिल सदस्य रहेकाे काँग्रेसका दावी छ । आजकाे वडा अधिवेशनबाट झण्डै १ हजार ७०० क्षेत्रिय प्रतिनिधि चयन हुनेछन् । वडा अधिवेशन सकिएपछि पूर्व निर्धारित कार्यक्रम अनुसार पालिका, प्रदेश सभा, प्रतिनिधि सभा, जिल्ला, प्रदेश र केन्द्रिय कार्यसमितिको निर्वाचन गर्ने नेपाली काँग्रेसको कार्यतालिका छ । काेराेना सङक्रमणकाे भय कायमै रहेपनि काँग्रेसकाे अधिवेशन कार्यक्रम भने निरन्तर चलिरहेकाे छ ।
राजनैतिक सङ्गठनकाे प्रत्येक पाँच पाँच वर्षमा हुने जनप्रतिनिधि छनाैटलाइ राजनीति शास्त्रका अनुसार विकासकाे एउटा रुपका रुपमा लिइने गरिन्छ ।