Home Breaking News कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण विश्वभर झण्डै ४६ लाख बढि...

कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण विश्वभर झण्डै ४६ लाख बढि मानिसहरुको मृत्यु

बिहिबार, भदौ ३१, २०७८
0
162

पाेखरा । कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण विश्वभर झण्डै ४६ लाख बढि मानिसहरुको मृत्यु भएको छ । वल्डोमिटरका अनुसार यो समाचार तयार गर्दासम्म कोरोना भाइरसको संक्रमणसंग सम्बन्धित मृत्युको संख्या ४६ लाख ७४ हजार बढि पुगेको छ ।

यस भाइरसबाट संसारभरका २२ करोड ७२ लाख ६९ हजार बढि मानिसहरु संक्रमित भएका वल्डोमिटरको तथ्यांकले देखाएको छ । जसमध्ये २० करोड ३९ लाख ७१ हजार मानिसहरु संक्रमणमुक्त भएका छन् । झण्डै १ करोड ८६ लाख २४ हजार बढिको उपचार भैरहेको छ । उनिहरु मध्ये १ लाख २ हजार बढिको अवस्था गम्भिर रहेको छ ।

विश्वव्यापी रुपमा यसको निको हुने दर ९८ प्रतिशत रहेको छ भने, २ प्रतिशत मानिसहरुले ज्यान गुमाएका छन् । अमेरीका, भारत र ब्राजिल सवैभन्दा धेरै प्रभावित भएका छन् । हालसम्म यसको संक्रमण विश्वका २२२ वटा देशहरुमा फैलिसकेको छ । पहिलो पटक यो सन् २०१९ को अन्तिम तिर चिनको वुहान शहरमा देखिएको थियो ।

NO COMMENTS