Home Breaking News प्रतिगमनलाइ परास्त गर्न गम्भीर भएर लागाैँ , माओवादी अब पहिलाे पार्टी बन्छ...

प्रतिगमनलाइ परास्त गर्न गम्भीर भएर लागाैँ , माओवादी अब पहिलाे पार्टी बन्छ : प्रचण्ड

मङ्लबार, असाेज ५, २०७८
0
279

गाेरखा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिमगनलाइ परास्त गर्न गम्भीर भएर लागि पर्न आग्रह गरेका छन् । गण्डकी प्रदेशले आज भर्चुअल मार्फत गरेकाे प्रशिक्षण कार्यक्रममा बाेल्दै प्रचण्डले भने, सबै वर्ग जाति क्षेत्र लिङ्गकाे पक्षमा माओवादी पार्टी रहेकाले जनता र क्रान्तिकारीहरु वीच सँधै सहकार्य भइ काम भइरहनुपर्ने बताएका हुन् । माओवादी सकियाे यीनिहरुले धर्ती छाेड्याे भन्नेहरुका पक्षमा वकालत गर्दै हिँड्ने र पार्टीलाइ नै प्रतिगमन बनाउनेहरुका विरुद्ध सबै लागि पर्नुपर्ने बताए । जनताले माओवादीले २०६४ काे भन्दा धेरै मत दिएर विजयि गराउन चाहेका छन्, नयाँ तथ्याङ्कले माओवादीलाइ पहिलाे पार्टी बनाउँछ उनले भने ।  गण्डकी प्रदेशले २०६४ सालकाे तथ्याङ्क प्रस्तुत गरेर आन्नद लिने समय नरहेकाे उनले बताए । यस अघिकाे तथ्याङ्क धुजाधुजा भएर माओवादीकाे पक्षमा नयाँ तथ्याङ्क आउने उनले बताए ।

रुपान्तरणका निम्ती माओवादी नयाँ शिराबाट अघि बढ्ने बताए । जनआधार भएका ठाउँमा अहँकारवादले अफ्ठेराे परेकाे उनले बताए । कतिपय ठाउँमा निराशा भएकाे उनले बताए । पार्टी आन्तरिक रुपमा बलियाे भए सबै तिर विजय हुने उनले बताए । अवका दिनमा बस्तुवादी समिक्षा गरेर अघि बढ्नुपर्ने उनकाे भनाइ छ । सबै क्रान्तिकारी नेता कार्यकर्ता र उनका परिवारलाइ छाडेर अघि जान नसकिने उनले बताए । रुपान्तरणका  निम्ति आत्मसमिक्षा गर्नु जरुरी भएकाे प्रचण्डकाे भनाइ छ ।  क्रान्तिकारीहरु एकपटक जुर्मुराउने अवस्था रहेकाले वडा देखि केन्द्रसम्म एक भएर अघि बढ्नुपर्ने उनले बताए ।  देशलाइ अघि बढाउन माओवादीले जित्नुकाे विकल्प नभएकाे उनले बताए ।

एमसिसिले गठबन्धन टुट्दैन

पूर्व प्रधानमन्त्री समेत रहेकाे प्रचण्डले एमसीसिका कारण गठबन्धन नछुट्ने बताए । एमसिसि यथास्थितिमा पारित नगर्ने कुरा प्रधानमन्त्रीसँग सहमति भएकाे उनले बताए ।

प्रदेश १ र बागमतीमा नयाँ सरकार छिट्टै बन्छ 

केही दिन भित्र प्रदेश १ र बागमतीमा नयाँ  सरकार निर्माण हुने प्रचण्डले बताए ।

प्रशिक्षण कार्यक्रममा नेता नारायणकाजी श्रेष्ठले गाेरखामा पार्टी नेता तथा कार्यकर्ताहरुले प्रचण्ड र नारायणकाजीकाे अलग अलग पार्टी भए जसरी व्यवहार गर्न नहुने बताए ।

NO COMMENTS