मनकामना । एनएमबि बैंकले मनकामना क्षेत्र बिकास समितिलाई ४५ प्याकेट माक्स, ३० लि सेनिटाइजर प्रदान गरेकाे छ । एनएमबि बैंकका गण्डकि प्रदेश सिनियर एरिया प्रमुख सुमित राम बैध र सिनियर क्रेडिट रिक्स प्रमुख सन्जिव खनालको उपस्थितिमा मनकामना क्षेत्र बिकास समितिको सदस्य हरी श्रेष्ठ र पृथ बहादुर थापालाई उक्त सामग्री हस्तान्तरण गरिएकाे हाे ।
मनकामना दर्शन लागि आउने भक्तजनहरुकाे सुविधाका लागि उक्त स्वास्थ्य सामग्री प्रदान गरिएकाे बैकले जनाएकाे छ ।