गाेरखा । गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी (गुरुङ) ले स्वास्थ्य क्षेत्र उत्साहका साथ काम गर्न निर्देशन दिएकी छन् । देखिएका चुनौतीलाई अवसरको रुपमा बदलेर अघि बढ्नु पर्ने उनकाे सुझाव रहेकाे छ। गोरखा सदरमुकाममा स्वास्थ्य कार्यालय गोरखाले आयोजना गरेको आर्थिक बर्ष २०७७।०७८ को जिल्ला स्तरीय समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले कोरोना लगायतका स्वास्थ क्षेत्रका चुनौतीलाई अवसरमा बदल्नु पर्ने बताएकी हुन् ।
‘कोरोना संक्रमण हाम्रा लागि चुनौती हो र छ, कोरोनासंग जुध्न आज प्रत्येक जिल्लाका अस्पतालहरुमा भौतिक पूर्वाधारको सुदृढीकरण तिव्र गतिमा भइरहेका छन्, मन्त्रि अधिकारीले भनिन, यही चुनौतीका कारण आज दक्ष जनशक्तिको खोजी भइरहेको छ, यसलाई अबसरको रुपमा लिएर अघि बढ्न सक्नुपर्छ ।’ उहाँले कोरोनासंग जुध्नका लागि राज्य सवै स्वास्थ्य संस्थामा दक्ष, तालिम प्राप्त स्वास्थ्यकर्मी तथा जनशक्तिको नियुक्ती, परिचालन लगायतको कामलाई तिव्रताका साथ अगाडी बढाएको बताइन ।
‘कोरोनाको महामारीमा बिरामीहरु नजिक रहेर काम गर्ने स्वास्थ्यकर्मी, जनप्रतिनिधिहरु, कर्मचारीहरु नै भएकाे बताउँदै आगामी दिनमा आउन सक्ने थप चुनौतीको सामाना गर्ने गरि पनि तयार रहन आग्रह गरिन ।’ उनले आबश्यक जनशक्तिको तयारी, रहेका जनशक्तिको क्षमत बृद्धि लगायतका काममा प्रदेश सरकार लागि परेको भन्दै आजका लागि मात्र नभएर भोलीका लागि पनि सोचेर काम गर्नुपर्छ भन्नेमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताइन
मन्त्री अधिकारीले गाेरखा अस्पतालमा कार्यरत चिकित्सकहरुलाइ निर्देशन दिँदै उच्च मनाेवलका साथ काम गर्न आग्रह गरेकी छन् । अथक मेहनतका साथ अध्ययन गरेर स्वास्थ्य क्षेत्रमा आइपुग्दा यहाँहरुलाइ प्राेत्साहन गरेर सीप र क्षमतालाइ नागरिककाे हितमा लगाउने निति राज्यकाे रहेकाे उनले बताइन ।
स्वास्थ्य तथा जनसँख्या मन्त्री अधिकारीले गाेरखा अस्पतालकाे नव निर्मित भवनकाे समेत निरीक्षण गरेकी छन् । अस्पतालमा विशेषज्ञ सहितकाे सुविधा प्रदान गर्न ढिला गर्न नहुने र यसका लागि सरकारबाट सहयाेग गर्ने बताएकी छन् ।
गाेरखा अस्पताल बारे थप समाचार हेर्न यहाँ क्लिक गर्नुहाेस् ।