गोरखा । नेपाली काङ्ग्रेसको शनिबार भएकाे चौधौँ अधिवेशनले जिल्लाका ११ स्थानीय तहमा नेतृत्व छनाैट गरेकाे छ । ६ वटा पालिकामा निर्विराेध र पाँचवटा पालिकामा चुनाव मार्फत नेतृत्व छनाैट भएकाे नेपाली काँग्रेस पार्टीका लागि केन्द्रबाट खटिएका निर्वाचन अधिकृत देब बहादुर महतले बताए ।
पालुङटार नगपालिकाकाे सभापतिमा विमल ढकाल निर्वाचित भएका छन् । कूल सदरमत दुई सय ७६ मध्य एक सय २३ मत प्राप्त गरी ढकाल निर्वाचित भएका हुन् । उनका निकटत्तम प्रतिद्वन्द्वी अमर धितालले ५३ मत प्राप्त गरेका थिए । उपसभापतिहरुमा सिताकुमारी अधिकारी र हरिप्रसाद भट्टराई निर्वाचित भएका छन् । सचिवमा किरण गिरी र मानबहादुर पाण्डे निर्वाचित भएका छन् । उनीहरुले क्रमशः एक सय ४१ र ८६ मत प्राप्त गरेका छन् । सहसचिवहरुमा कुमार श्रेष्ठ र सुनिता थापा सर्वसम्मत चयन भएका छन् ।
गोरखा नगरपालिकाको नगरसभापतिमा चन्दन बाबु खत्री निर्वाचित भएका छन् । २ सय ६९ मतदाता रहेको गोरखा नगरपालिकामा २ सय ६३ भोट खसेको थियो जसमा खत्रीले १ सय ५१ मत ल्याई विजयी भएका हुन ।
निकटतम प्रतिद्धन्दी डिलबहादुर थापा मगरले १ सय ७ मत प्राप्त गरेका छन् । गोरखा नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष समेत रहेका थापालाइ हराउन बजार क्षेत्रका काँग्रेसहरु सक्रिए रहेका बताइएकाे छ ।
गोरखा नगरपालिकाको अधिवेशनमा सभापतिसहित उपसभापति र सचिवमा समेत चुनाव भएको थियो । जसमा उपसभापतिमा विश्वेश्वर श्रेष्ठ १७८ र मित्रा कुमारी परियार १४० मतका साथ विजयी बनेका छन् । १२७ मत प्राप्त गरेका ढलक बहादुर अधिकारी पराजित भएका छन् ।
भीमसेनथापा गाउँपालिकाको गाउँ कार्यसमितिको सभापतिमा नारायण भट्टराई निर्वाचित भएका छन् । कूल सदर मतमध्य १०९ मत प्राप्त गरी भट्टराई विजयी भएका हुन् । निकटत्तम प्रतिद्वन्द्वी विदेश नराल(लक्ष्मण)ले ५२ मत प्राप्त गरेका थिए । गाउँ कार्यसमितिको उपसभापतिहरुमा नवराज अधिकारी (१०९) र कृष्ण ढकाल (१०४) र सचिवहरुमा टलक गुरुङ(११४) र जीवनाथ पुडासैनी (९२) निर्वाचित भएका छन् ।
बारपाक सुलीकोट गाउँपालिकाको प्रमुखमा जीतबहादुर घले निर्वाचित भएका छन् । कूल सदर मतमध्य ८९ मत प्राप्त गरी घले विजयी भएका हुन् । उनका निकटत्तम प्रतिद्वन्द्वी केशरी ढकालले ४१ मत प्राप्त गरेका थिए । उपसभापतिहरुमा दलबहादुर तामाङ र सुकबहादुर गुरुङ निर्वाचित भएका छन् । सचिवमा नरहरि वाग्ले र धर्म भट्ट निर्वाचित भएका छन् ।
चुमनुब्री गाउँपालिका कार्यसमितिको सभापतिमा सूर्य गुरुङ सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षहरुमा वीरबहादुर लामा(सामा) र कल्यान छेवाङ लामा(बिही) सर्वसम्मत भएका छन् । सचिवमा सोनाम धार्के लामा(छेकम) र सोनाम लामा(चुम्चेत) चयन भएका छन् ।
धार्चे गाउँपालिका कार्यसमिति सभापतिमा सन्तोष गुरुङ , उपसभापति दीपक गुरुङ र आशबहादुर घले सर्वसम्मत चयन भएका छन् । सचिवमा वुद्धिराज गुरुङ र सागर गुरुङ सर्वसम्मत चयन भएका सभापति गुरुङले बताए।
आरुघाट गाउँपालिकाको सभापतिमा राजु गुरुङ ,उपसभापतिहरुमा कृष्णप्रसाद श्रेष्ठ र यमबहादुर कार्की सर्वसम्मत भएका छन् । सचिवमा विशाल गुरुङ र एकदत्त खनाल चयन भएका छन् ।
शहीदलखन गाउँपालिकाको सभापतिमा काशीनाथ अम्गाई सर्वसम्मत चयन भएका छन् । उपसभापतिहरुमा ध्रुव पोखरेल र टेकबहादुर गुरुङ र सचिवहरुमा चेतबहादुर थापा. र बासु रेग्मी सर्वसम्मत चयन भएका छन् ।
अजिरकोट गाउँपालिकाको सभापतिमा जंगबहादुर गुरुङ सर्वसम्मत चयन भएका छन् । सचिवहरुमा चीरञ्जिवी धिताल र कृष्ण घले सर्वसम्मत चयन भएका छन् । उपसभापति, सहसचिव र कोषाध्यक्ष भने आइतबार चयन गर्ने गरी स्थगित गरिएको सभापति गुरुङले जानकारी दिए ।
गण्डकी गाउँपालिकाको सभापतिमा होमबहादुर राना सर्वसम्मत चयन भएका छन् । सचिवहरुमा कृष्ण सापकोटा र नवराज श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।