गोरखा । नेकपा माओवादी केन्द्र निकट शिक्षकहरुको संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठनका शिक्षकहरु पेशागत हकहितका लागि सँगठित भएका छन् । आइबार सम्पन्न भेलाले आरुघाट गाउँपालिकाको अध्यक्षमा सुकबहादुर नेपाली छनाैट भएका छन्। संगठनको सम्पन्न भएको दोस्रो गाउँपरिषद्ले नेपालीको अध्यक्षतामा १५ सदस्सिय आरुघाट गाउँपालिका समिति निर्माण गरेको हो ।
परिषद्ले शिक्षकहरुको हकको पक्षमा लड्नका लागि समितिको पुर्नगठन गरेको एकिृत अखिल नेपाल शिक्षक संगठन गोरखाका अध्यक्ष धुब्र भट्टले जानकारी दिए । नवगठित समितिको बरिष्ठ उपाध्यक्षमा हरीप्रसाद भट्ट, महिला उपाध्यक्षमा देवमाया श्रेष्ठ, उपाध्यक्षमा नरबहादुर न्यौपाने, सचिवमा बिकास श्रेष्ठ, कोषाध्यक्षमा शर्मिला खड्का चयन भएका छन् ।
नेकपा माओवादी केन्द्र गोरखा जिल्ला समन्वय समितिका संयोजक कृष्ण धितालकाे प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा संगठनका जिल्ला अध्यक्ष धुव्र भट्ट लगायतको सहभागिता रहेको थियो ।