गोरखा । गोरखाको सहिद लखन गाउँपालिकाले पालिका भित्र मनसुनजन्य विपतमा परेका १३ घर परिवारलाई राहात सहयोग प्रदान गरेको छ । गाउँपालिकाले बाढी, पहिरो लगायतबाट पूर्ण रुपमा बिस्थापित भएका र क्षति पुगेकाहरुलाई राहात प्रदान गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन आले मगरले जानकारी दिए ।
बाढी र पहिरो घर पूर्ण रुपमा क्षति पुगेका ५ जना परिवारलाई प्रतिपरिवार २० हजार रुपैया र उच्च जोखिमा परेका अन्य ८ परिवारलाई ६ हजार रुपैयाका दरले राहात सहयोग प्रदान गरेको उनकाे भनाई छ । पूर्ण विस्थापित भएकाहरुमा वडा नम्बर ७ का ३ जना, वडा नम्बर ६ स्थित धैरुङका १ जना र वडा नम्बर १ बक्राङका रहेको प्रमुख प्रशासकिय अधिकृत आलेमगरले बताए ।
पूर्ण क्षतिमा परेका परिवारलाई मनसुनजन्य विपत कोष मार्फत घर पुर्ननिर्माणका लागि जिल्ला प्रसासन कार्यालयलाई समेत सिफारिस गर्ने उनकाे भनाइ छ ।
गाउँपालिकाले पालिका स्तरीय प्रकोप व्यवस्थापन कोषबाट राहात रकम बितरण गरेको प्रमुख प्रशासकिय अधिकृत आलेको भनाई छ ।