हेटाैँडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट आज राजीनामा दिएकी छन् ।
वुधबार उनले प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्तावको छलफलका क्रममा राजीनामा घोषणा गरेकी हुन् ।
उनले आफ्नो छोटो कार्यकालमा केही उपलब्धिमुलक कार्य गरेको बताउँदै यस दौरान सहयोग गर्ने सबैमा धन्यवाद समेत ज्ञापन गरेकी छन् ।






