नेकपा एमाले शहिदलखनअध्यक्षमा जाेशी चयन, वृद्धाभत्ता राेकिदिने भन्दै मानिसहरुकाे भेला

बिहिबार, कार्तिक ११, २०७८
0
573

गाेरखा । नेकपा एमालेको शहिदलखन गाउँपालिका पार्टी कमिटीको अध्यक्षमा मनोज जोशी सर्वसम्मत चयन भएका छन् ।

बिहिबार पम्पन्न पहिलो गाउँ अधिवेशनले जोशीको अध्यक्षतामा ६१ सदस्यीय गाउँ कमिटी चयन गरेको पार्टीले जनाएको छ ।

कमिटीको उपाध्यक्षमा लुना थापा, सचिवमा माओवादी केन्द्रबाट आएका गणेश लम्साल र उपसचिवद्वयमा भोजबहादुर थापा र प्रसान्त थापा सर्वसम्मत चयन भएका नव निर्वाचित अध्यक्ष जाेशीले बताए ।

मनकामनामा सम्पन्न पार्टीको गाउँ अधिवेशनमा केन्द्रीय सदस्य रामशरण बस्नेत, प्रदेश कमिटी सदस्य सुरेन्द्र थापा, कृष्ण देवकोटा, जिल्ला कमिटीका सचिव कृष्ण नेपाली, सम्पर्क समन्वय कमिटीका सदस्य कमल दानी, प्रदेश कमिटीका सल्लाकार विपिन मल्ललगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

शहिदलखन गाउँपालिका वडा नम्बर २ स्थित वडा कार्यालय परिसरमा भएकाे अधिवेशनमा गाउँ गाउँबाट मानिसहरु आएका थिए । वडाका जनप्रतिनिधिहरुले एमालेकाे भेलामा नगए वृद्धा भत्ता राेकिने भनेपछि भेलामा आएकाे आइतीमाया गुरुङले बताइन ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here