गाेरखा । भवानी मावि मकैसिँबाट एसइइ परीक्षा उतीर्ण गरेकी सँगीता चेपाङ पत्रकार भएर काम गर्लीन भने उनका अभिभावकहरुले साेचेका थिएनन् ।
गण्डकी गाउँपालिका वडा नम्बर २ दल भञ्जयाङ्ग घर भएकी सँगीता इच्छाकामना गाउँपालिका स्थित कुरिनटारमा रहेकाे इच्छाकामना एफएम मा विगत तीन वर्षदेखी कार्यरत छिन् । स्टुडियाेमा बसेर समाचार वाचन, अडियाे मिक्सीङ देखि विभिन्न कार्यक्रमका याेजना र प्रशारणमा उनी पाेख्त भैसकेकी छन् । कुनै दिन सँगिताकाे आवाज रेडियाेमा सुनिएन भने गाउँलेहरुले फाेन गरेर आज सँगीता कता गएकाे भनेर अफिसमा फाेन गर्ने गरेकाे रेडियाेका समाचार प्रमुख हिरालाल गुरुङ बताउँछन् ।
सँगीता पत्रकारिता सँगै स्नातक तहमा अध्ययनरत छिन । रेडियाेमा काम गरेर उनले पढाइ खर्च मात्र जुटाएकी छैनन उनले परिवारमा भाइबैनीकाे पढाइ खर्च समेत व्यवस्थापन गरिरहेकी छन् ।
भिरालाे जमिनमा खेतीपाती गर्ने, जँगलमा पाइने गिठा भ्याकुर खाेजेर दैनिकी गुजार्ने हिजाेका चेपाङ समुदायका नागरिकहरु आज उन्नत प्रविधिकाे प्रयाेग गरी तरकारी खेती गरेर आफ्ना बालबालिकाहरुलाइ सुविधा सम्पन्न विद्यालयमा पठनपाठन गराउँदै आएका छन् ।
भूम्लीचाेक स्थित ताेमनडाँडा माविमा चेपाङ समुदायका लागि आवासिय विद्यालयमा समेत रहेकाे छ । आफ्नै खर्चमा पढाउन नसक्ने अभिभावकहरुले बालबालिकालाइ यहाँ राखेर पढाउने गर्दछन् ।
त्यही समुदायकी एउटा चेलीकाे आवाज रेडियाेमा दिनहुँ गुञ्जिन्छ । उनै चेपाङ चेली सँगीतालाइ प्रेस सेन्टर गाेरखाले सँगठित गरेकाे छ । समाजमा पछि पारिएका नागरिकहरुलाइ समाजकाे मुल धारमा ल्याउन तिनै समुदायमा रहेका सचेत नागरिकहरुलाइ अगाडी बढाउन आवश्यक रहेकाले सङ्गठित गरिएकाे सेन्टरका केन्द्रीय सदस्य दिपक श्रेष्ठले बताए ।
गाेरखाबाट पत्रकारितामा आएकी सँगिता, चेपाङ समुदायबाट पत्रकार हुने पहिलाे व्यक्ति भएकाे जिल्लामा रहेर पत्रकारिता गर्दै आएका पत्रकार महासँघ गण्डकीका काेषाध्यक्ष राजेन्द्र न्याैपानेले बताए । गण्डकी प्रदेशका लागि याे विषय खुशीकाे विषय रहेकाे उनकाे भनाइ छ । जुनसुकै सङ्गठनमा रहेकाे भएपनि उनले पत्रकारिताकाे माध्यमबाट चेपाङ समुदायसँगै अन्य समुदायकाे भलाइका लागि काम गर्न सक्छिन याे प्रदेशका लागि गर्वकाे विषय हाे उनले भने । सँगीतालाइ सम्मान छ सुनाइदिनुहाेला न्याैपानेले भने ।