Home Breaking News नेपाल परिवार दल गोरखाको अध्यक्षमा रबिन्द्रनाथ थापा निर्वाचित

नेपाल परिवार दल गोरखाको अध्यक्षमा रबिन्द्रनाथ थापा निर्वाचित

मङ्लबार, कार्तिक २३, २०७८
0
205
 गोरखा, २३ कात्तिक । नेपाल परिवार दल गोरखाको अध्यक्षमा रबिन्द्रनाथ थापा सर्वसम्मत निर्वाचित भएका छन् ।  गोरखा सदरमुकाममा आज सम्पन्न भएको जिल्लाको दोस्रो अधिबेशनले थापालाई  सर्वसम्मत अध्यक्षमा चयन गरेको सचिव प्रेम विश्वले बताए ।
अधिबेशनले पार्टीको जिल्ला उपाध्यक्षमा प्रेम खड्का, सचिवमा प्रेम बिश्व, कोषाध्यक्षमा शिवदेवी पोखरेललाई चयन गरेको छ ।
अधिबेशनबाट पार्टी जिल्ला कमिटी सदस्यहरुमा सुशिल कुमाल, मनिष रोका, सरोज थापा, चित्रबहादुर कुमाल र कोपिला थापा चयन भएका छन् ।
३२ सदस्यिय जिल्ला पार्टि समितिमा पदाधिकारी र अन्य सदस्यहरु पहिलाे बैठकबाट चयन हुने अध्यक्ष थापाले जानकारी दिए ।
 अध्यक्ष थापाले नेपाल परिवार दललाइ गाेरखामा पहिलाे पार्टी बनाउन टाेल देखि वडा तहसम्म सङ्गठन विस्तार गरेर अघि बढ्ने याेजना रहेकाे बताए । समुन्नत गाेरखा निर्माणका लागि वैकल्पिक पार्टिकाे रुपमा गाेरखामा परिवार दल रहेकाे उनकाे भनाइ छ । थापा यस अघि पनि परिवार दलकाे गाेरखा अध्यक्ष रहेका थिए । कार्यक्रम हाेटल विसाैनीमा भएकाे थियाे ।

NO COMMENTS