Home शिक्षा शहिदलखन गाउँपालिकाले मगर भाषालाइ दाेश्राे भाषा कायम गर्ने निर्णय

शहिदलखन गाउँपालिकाले मगर भाषालाइ दाेश्राे भाषा कायम गर्ने निर्णय

शनिबार, कार्तिक २७, २०७८
0
205

गाेरखा । जिल्लाकाे  शहिद लखन गाऊँपालिकाले मगर भाषालाई सरकारी कामकाजको दोस्रो भाषा कायम गर्ने निर्णय गरेको छ ।

गाऊँ कार्यपालिकाको शुक्रवार बसेको बैठकले स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा भएको ब्यवस्था अनुसार मगर भाषालाई सरकारी कामकाजको भाषा कायम गर्ने निर्णय गरेको गाउँ पालिका प्रमुख प्रशासकीय अधिकृत जीवन आले मगरले बताए ।शहिदलखन गाउँपालिकामा   मगर समुदायको  जनसँख्या धेरै रहेकाे छ ।

पालिका भित्र रहेका बक्राङ, मनकामना,बुँकाेट, नामजुङ, घैरुङ र ताक्लुङका अधिकाँश स्थानमा मगर समुदायकाे बसाेबास रहेकाे छ । मनकामना, ताक्लुङ लगायतका क्षेत्रमा अन्य समुदायका नागरिकहरुले समेत मगर भाषा बाेल्ने गर्दछन् ।

NO COMMENTS