प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशमा काफ्ले

शनिबार, कार्तिक २७, २०७८
0
244

पाेखरा । प्रेस सेन्टर गण्डकी प्रदेश अध्यक्षमा स्याङ्जाका अर्जुन काफ्ले चयन भएका छन्। सेन्टरको आज पोखरामा भएको दोस्रो अधिवेशनले काफ्लेको अध्यक्षतामा ४१ सदस्यीय नया कार्यसमिति चयन गरेको हो।

समितिको बरिष्ठ उपाध्यक्षमा कास्कीका घनश्याम पाण्डेय, उपाध्यक्षमा राम थापा, समावेशी महिला उपाध्यक्षमा कमला केसी, प्रमुख सचिवमा म्याग्दीका सन्तोष गौतम, कोषाध्यक्षमा कास्कीका विश्वराज सुवेदी, खुला सचिवमा सुनिल पाण्डे, सुवास अम्गाईं, सविन जिसी, महिला सचिवमा सूशीला क्षेत्री, जनजाति सचिवमा बिनाकुमारी थापा र दलित सचिवमा गुणराज रोका निर्विरोध चयन भएका हुन्।.

समितिको खुला सदस्यहरुमा आश क्रोम्चे तमु, छत्कुल्ली, सन्दीप खत्री, सागर भण्डारी, प्रनिस गिरी, विमल आचार्य, रामजी आचार्य, दीपक आचार्य, सन्तोष परियार, लिलाधर गिरी, राजकुमार ढकाल, लक्ष्मी पंगेनी, उत्तमबहादुर घर्ती, मुरारी शर्मा चयन भएका छन्। त्यस्तै महिला सदस्यमा सविता शर्मा र सरिता खत्री, दलित सदस्यमा लक्ष्मी सुनार र खगेन्द्र विक तथा जनजाति सदस्यमा शर्मिला रोका मगर चयन भएका छन् । अधिवेशनकाे अर्थ मन्त्री जनार्दन शर्माले उद्घाटन गरेका थिए  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here