पाेखरा । गण्डकी प्रदेशमा बिरामीले आइतबार फागुन १ गतेदेखि निःशुल्क रगत पाउने भएका छन्। रक्त परीक्षण र अन्य खर्च गण्डकी प्रदेश सरकारले प्रदान गर्ने भएकाे हाे । रगत दिने निकायले विरामीलाइ निशुल्क रगत उपलब्ध गराउने र मासिक रुपमा भएकाे खर्च जिल्ला रगत तथा रगतजन्य सेवा व्यवस्थापन समिति मार्फत अस्पताल समक्ष वील भर्पाइ पेश गरी लिनुपर्ने मन्त्रि परिषदले निर्णय गरेकाे छ । अव विरामीले रगतकाे लागि कुनै पनि शुल्क तिर्नुपर्दैन स्वास्थ्य मन्त्री मधुमाया अधिकारीले भनिन ।
प्रदेशअन्तर्गतका सम्पूर्ण सरकारी तथा निजी अस्पतालमा रगत निःशुल्क गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री कुमार खड्काले जानकारी दिए।