जनयुद्ध दिवसका अवसरमा फागुन १ गते सार्वजनिक विदा

शनिबार, माघ २९, २०७८
0
163

जय मधेश । मधेस प्रदेश सरकारले जनयुद्ध दिवसका अवसरमा आइतबार फागुन १ गते  प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

जनयुद्धका अवसरमा मधेश प्रदेशका सबै जिल्लामा बिदा दिइएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले जानकारी दिए ।

मन्त्री साहका अनुसार जनयुद्धमा सहिद तथा ज्यान गुमाएकाका परिवारलाई तीन लाखका दरले अनुदान दिने निर्णय समेत सरकारले गरेको छ । फागुन १ गते २७ अाैँ जनयुद्ध दिवस देशभरी मनाउने माअाेवादीले जनाएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here