Home Breaking News मत किन्न पैसा वितरण गर्दै हिँड्ने काँग्रेसका ६ जना नेताहरु पक्राउ

मत किन्न पैसा वितरण गर्दै हिँड्ने काँग्रेसका ६ जना नेताहरु पक्राउ

बिहिबार, बैशाख २९, २०७९
0
299

गोरखा– नेपाली कांग्रेसका उमेद्वारसहित गाडीलाई नियन्त्रणमा लिएर स्थानीयले प्रहरीलाई बुझाएका छन् ।

बिहिबार गण्डकी गाउँपालिका वडा नम्बर ५ दर्बुङबाट कांङग्रेसका वडासदस्य उमेद्वार रत्नमान श्रेष्ठसहितका टोलीलाई स्थानीयले रोकेर प्रहरीलाई बुझाएका हुन् ।

मौन अबधीमा गाडी भाडामा लिएर मतदातालाई पैसा बाँड्न हिँडेको भन्दै माओवादी निकट स्थानीयले रोकेर प्रहरीलाई बुझाएका हुन् ।

श्रेष्ठ गण्डकी गापा वडा नम्बर ५ मा नेपाली कांग्रेसको तर्फबाट वडा सदस्य पदका उमेद्वार हुन् । उनीसँगै सो वडाका कांग्रेस वडा सचिब जिबनाथ खनाल, बहादुर गुरुङ लगायतको टोली बा २० च ४४०० नम्बरको बोलेरो जीपमा सबार थिए ।

स्थानीयले खबर गरे लगत्तै घ्याल्चोक प्रहरी चौकीबाट प्रहरी टोली घटना स्थल पुुगेको र जीप नियन्त्रणमा लिएको ईन्सपेक्टर ज्ञानेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘स्थानीयले फोन गरेपछि हाम्रो टोली घटना स्थल पुगेको थियो । ६ जना कांङ्ग्रेसका टोलीहरु जीपमा रहेछन् । उनीहरुलाई छाडेर जीप नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका छौँ’, ईन्सपेक्टर श्रेष्ठले भने ।

काँग्रेस नेता श्रेष्ठ सबै मतदाताहरुकाे मत खरिद गर्न सक्ने क्षमता आफूसँग भएकाे बताउँदै आएका थिए ।

NO COMMENTS