गाेरखा । नेपालमा आज स्थानीय तहकाे निर्वाचन हुने भएकाे छ । विहान ७ बजेदेखि बेलुकी ५ बजे सम्म मतदाताहरुले परिचय पत्रका आधारमा मतदान गर्न पाउनेछन् । निर्वाचनलाइ लक्षित गरी शान्ति सुरक्षालाइ व्यवस्थित पारिएकाे गृह मन्त्रालयले जनाएकाे छ । निर्वाचनमा बाधा अवराेध गरे गाेली चलाउन समेत निर्देशन भएकाे छ । सँघीय शासन प्रणाली लागू भएपछि स्थानीय तहकाे निर्वाचन दाेस्राे पटकका लागि हुन लागेकाे हाे ।
निर्वाचनलाइ लक्षित गरी केही राजनैतिक पार्टीहरुले मतदातालाइ नगद वितरण गर्ने र अनेकाैँ प्रलाेभनमा पार्ने काम गरेकाले त्यस्ता प्रलाेभनमा नपरी परिवर्तन र विकास लागि काम गर्ने आफूलाइ इच्छा लागेकाे पार्टीमा मतदान गर्न निर्वाचन आयाेगले आग्रह गरेकाे छ । आयाेगका प्रवक्ता शालिकराम पाैडेलका अनुसार गाेप्य मतदान हाे कसलाइ मतदान गर्ने भन्ने कुरा आज छनाैट गर्नुपर्दछ ।






