रिमाेट मार्फत ठगि गर्ने दुइ जना गाेरखाबाट पक्राउ

शुक्रबार, फाल्गुन २७, २०७८
0
939

गोरखा ।  कुखुरा तौलने क्रममा तौलमा ठगी गर्ने २ जना  गाेरखाबाट पक्राउ परेका छन् । डिजिटल तराजुमा कुखुरा जोख्ने क्रममा रीमोट मार्फत तौल घटाउने पर्साका ३७ बर्षका नरेश ओझैया र ४१ बर्षका देबेन्द्र खवासलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएकाे छ ।

किसानको कुखुरा फर्मबाट कुखुरा उठाउने क्रममा उनीहरुले रिमोट मार्फत सेटिङ गरेर तौलमा ठगी गर्ने गरेको पाईएकाले पक्राउ गरिएको एसपी केदार खनालले बताए ।

मंगलबार गोरखा नगरपालिका वडा नं ९ लक्ष्मीबजारका राजाराम कुँवरको कुखुरा फर्मबाट ठिंगुरेस्वाँराका शिवराम सिं बस्नेत मार्फत काठमाण्डौका श्याम महर्जनबाट संचालित कुखुरा मासु सप्लायर्सलाई कुखुरा बेच्ने क्रममा उनिहरुले तौलमा ठगी गरेको खुलेको हाे ।

उनीहरुले पटक पटक यसरी तौलमा ठगी गर्दै आएको कुखुरा पालनमा आबद्ध ब्यबसायीहरुकाे भनाइ छ ।   ठगीका कारण किसानहरुलाइ नाेक्सान हुने गरेकाे थियाे । एक ट्रिपमा ५० हजार भन्दा धेरै नाेक्सान हुने गरेकाे किसानहरुले बताएका छन् । ठगीमा सँलग्नलाइ हिरासतमा राखी अनुसन्धान भइरहेकाे खनालले बताए । ठगीमा प्रयोग भएको डिजिटल तराजु र रिमोट आवश्यक कारवाहीको लागि नाप तौल विभाग काठमाण्डौमा पठाईएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here