गोरखा । जिल्लाकाे भिमसेन थापा गाऊँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका लोकप्रसाद बञ्जारा विजयी भएका छन् ।
बञ्जाराले ५ हजार ६ शय ५१ मत प्राप्त गरे भने निकटतम् प्रतिद्धन्दी नेपाली काँग्रेसका रोशन गुरुङले ५ हजार १ शय ७६ मत प्राप्त गरे । बञ्जारा अघिल्लो स्थानीय तह चुनावमा पनि अध्यक्षका उम्मेद्वार थिए, उनी नेपाली काँग्रेसका इश्वर पाण्डेसँग पराजित भएका थिए ।
उपाध्यक्षमा नेपाली काँग्रेसकी अमृता वस्ती भट्ट ५ हजार १ शय ४७ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम् प्रतिद्धन्दी माओवादी केन्द्रकी जुनुमाया श्रेष्ठले ४ हजार ९ शय २७ मत प्राप्त गरेकी छन् ।